थप ८९९ संक्रमित थपिँदा १३५९ जना निको

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्। आज १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।

शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार