काठमाडौं :नेपालका बिहीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२३२ जनामा गरिएको परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख १३ हजार २ सय ४ पुगेको छ। हाल ५ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ। त्यस्तै, यो अवधिमा १०६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६०१ पुगेको छ। बिहीबारसम्म देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १४ जना संक्रमितको मृत्यु भएको थियो।







