थप १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना डिस्चार्ज

काठमाडौं: नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने अहिलेसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६३७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १६२१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस्तै, मंगलबार नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने अहिलेसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६३७ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार