काठमाडौं : नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्। आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्।
यो सँगै काठमाडौंमा संक्रमितको संख्या ९० हजार ७ सय ७२ पुगेको छ। जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन्। हालसम्म ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ भने ८५ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन्। ललितपुरमा संक्रमितको संख्या १३ हजार ९ सय ४ पुगेको छ। जसमध्ये १ सय २४ जनाको मृत्यु र १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्।
हाल ललितपुरमा १ हजार ४० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। यस्तै, भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार २ सय २८ छ। ४ सय ४४ जना उपचाररत छन्। ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय ८८ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ।