संक्रमितबाट अस्पतालले दोहोरो शुल्क असुले सरकारले कारबाही गर्ने

काठमाडौं:  सरकारले कोरोना संक्रमितको उपचार गरे बापत अस्पतालहरूलाई दोहोरो शुल्क नलिन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्ने सुचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आइरहेको भन्दै अस्पतालहरूलाई दोहोरो शुल्क नलिन निर्देशन दिएको हो ।

इन्सिडेन्ट कमाण्ड सिस्टमले दोहोरो शुल्क नलिन निर्देशन दिने निर्णय गरेको हो । अस्पतालहरूले अब पनि दोहोरो शुल्क लिए कारबाही गर्ने र दोहोरो शुल्क लिए–नलिएकोबारे अनुगमन गर्न समितिसमेत गठन गरेको छ । कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार