एजेन्सी: विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै १२ हजार तीन सय ७२ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
अमेरिकामा मात्रै दुई लाख तीन हजार संक्रमित थपिँदा दुई हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा ३३ हजार संक्रमित थपिएका छन् भने चार सय ९८ जनाको मृत्यु भएको छ ।







