नेपालमा थप १३०४ जना कोरोना संक्रमित

काठमाडौँ  : नेपालमा मंगलबार थप १ हजार ३०४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप  १ हजार ३०४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ ।

अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार ४२३ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा २ हजार ७३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।

आजसम्म निको  हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४  पुगेको छ । आज कोरोना भाइरस कोभिड – १९ बाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ५२९  पुगेको छ । मंगलबार  ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार