हास्य कलाकार गजुरेल कोरोना संक्रमणमुक्त

काठमाडौं : चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।  ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अहिले घरमै आराम गरिररहेको उहाँले बताउनुभएको छ ।

केही दिनमा पूर्ण स्वस्थ भएर काम फर्कने उहाँले बताउनुभएको छ । गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल, परिवारका सम्पूर्ण सदस्य तथा सबै शुभचिन्तकलाई धन्यवाद दिनुभएको छ ।

उहाँ सकेसम्म कोरोना महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गर्नुभएको छ । गत कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्नुभएका गजुरेल निमोनिया भएपछि सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार