तनहुँका गायक किशोर नेपालीको यस्तो चर्चा

काठमाडौं : पछिल्लो समय गायन, मोडलिङ र डाईरेक्सनको काममा ब्यस्त रहेका तनहुँका गायक किशोर नेपालीको चर्चा बढ्न थालेको छ । करिब ८ वर्षदेखि गीतसंगीतको माध्यमबाट मनोरञ्जन प्रदान गरिरहेका नेपालीले प्रधानमन्त्रीको भाषणलाई आधार बनाएर बेसार पानी नामक गीत सावर्जनिक गरेपछि उहाँको माग बढेको हो ।

तनहु सुक्लागन्डगी न, पा ,झरौटा मा जन्मिएका नेपालीको पछिल्लो समय किसोरले गायका र मोडलिङ्ग अनि डाइरेक्सन गरेका गितहरु बजारमा दर्जनौ आएका छन । किशोरले मोडलिङ मात्रै नभई गीतमा संगीत समेत आफैँ भर्दै आएका छन् । सांगितिक यात्राको ८ वर्षको अन्तरालमा उनले विभिन्न सांगितिक प्रतिस्पर्धामा निर्णायकको भुमिका समेत निर्वाह गरिसकेका छन् ।

विभिन्न जिल्लामा रहेका प्रतिभाको खोजी गरी उनीहरुलाई नयाँ अवशर दिने काममा पनि आफू सक्रिय रहेको गायक किशोर बताउँनुहन्छ ।
पछिल्लो समय सांगितिक यात्रामा ब्यस्त रहेका किशोर भन्नुहन्छ्, कलाकार बन्नलाइ कला मात्र भएर हुदैन नव कलाकारलाई पनि प्राथमिकता पनि दिनुपर्छ, ।

यति भन्दै उहाँ थप्नुहुन्छ, काम गर्ने कुरामा कुनै कम्प्रमाइज गर्नुहुदैँन । बहुमुखी प्रतिभाका रुपमा उदाएका नेपाली गीत संगितमा मात्रै नभएर समाजसेवा उत्तिकै रुचि राख्छन् । समाजमा भएका नकारात्मक, चिन्तन, सोचलाई कम गर्न आफ्नो यात्राले सहयोग पुग्ने उहाँले बताउँनु भयो । नेपालीे लोक दोहोरी क्षेत्रमा चलेका सबै जसो मोडलहरुलाइ डान्स कोरियोग्राफी समेत गरिसक्नुभएका नेपाली समसामयिक विषयमा पनि चासो दिएर गीतका माध्यमबाट समाजलाई झक्झक्याउने काम गर्नुहुन्छ ।

समाजको वास्तविकता दर्शाउने र नेपाली संगीतलाई थप उचाई दिने कार्यमा आफ्नो प्रयास निरन्तर जारी रहने गायक नेपाली बताउँनु हुन्छ । गित रेकडिङ्ग र भिडियो निर्माणका लागि आफ्नै कम्पनी ड्रीम्स नेपाल कल्चर मिडिया हाउस नामक कम्पनीका म्यानेजिङ डाइरेक्टर सम्म रहेका नेपाली आफुलाई आएका सबै काम त्यहि कम्पनीबाट गर्ने पनि बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार