नेपालमा : सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ११५४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन भने आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन ।







