काठमाडौँ : अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृतकको संख्या २ लाख ५ हजार १ सय १५ पुगेको छ । भारतमा गत २४ घण्टामा ८७ हजार ३ सय ८२ जना संक्रमित थपिएका छन् ।
भारतमा साढे ५४ लाखभन्दा बढी संक्रमित हुँदा ८७ हजार ९ सयको मृत्यु भएको छ । यसैबीच, विश्वभर तीन करोड १२ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये दुई करोड २८ लाख निको भएका छन् भने नौ लाख ६५ हजारको मृत्यु भएको छ ।







