काठमाडौँ : नेपालमा आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १३,२५ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा ८ हजार ४०७ र संस्थागत आइसोलेसनमा ९ हजार ७१ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार ४७८ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ९ सय ६६ जना जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।
आइतबार पीसीआर विधिबाट ९ हजार ५८४ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ९ लाख १४ हजार २९० जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ७ हजार ४५१जना रहेका छन् ।







