डाक्टर केसीलाई जबर्जस्ती अस्पताल लगियाे

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई गएराति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको छ ।

करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो । चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डाक्टर केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर, केसीले अस्पताल जान मान्नुभएको थिएन ।

अस्पताल लगिएपछि डाक्टर केसीले अस्पतालको आइसियूबाट माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार