सिन्धुपाल्चोक : जुगल गाउँपालिका लिदीका वाढीपहिरो पीडित घरपरिवारहरुलाई राहात वितण गरेको छ । नेपाल शेर्पा संघको समन्वयमा शेर्पा संघ अमेरिकाका लगायत विभिन्न संघ संस्थाको पहलमा राहत वितारण गरिएको हो । शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा र पदधिकारीहरुबाट संकलित दुई लाख नब्बे हजार रकम वितरण गरिएको हो ।
त्यसैगरि पहिरो पीडितलाई तामाङ सोसाइटी युकेद्धारा सात लाख, सगरमाथा अरोही कान्छी माया तामाङद्धारा १ लाख ६० हजार, कलाकार सानो वाईबा युकेवाट जुगल पाँचको वङ्पुछेको पेन्च्यो रात्न लामाको समन्वयमा चार लाख ६५ हजार, नेपाल तामाङ कलाकारद्धरा १ लाख ६९ हजार रकम लिदीका वाढीपहिरो पीडित १ सय ७२ घर परिवारलाई वितरण गरिएको छ ।
राहात रकम अपाङ्ग दुई जना र गर्बवती महिला १२ जनालाई २ हजारको दरले दिएको छ, भने मित्रकलाई ४० हजार, घर पूर्ण रुपमा क्षेति भएकालाई २० हजार र विस्तापित ६ हजार ५ सय को दरले दिएकोपनि पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । राहत रकम वितरणका लागि शेर्पा संघको सचिवलाय सदस्य पेम्बा ग्याल्जेन शेर्पा र केन्द्रिय सदस्य निमा जाङबु शेर्पा लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिको उपस्थितिमा वितरण गरिएको सचिवलाय सदस्य शेर्पाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका लिदीमा गत साउन ३० गते पहिरो गएको थियो । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्याउँदा १५६ भन्दा बढी व्यक्ति प्रभावित भएका थिए ।