काठमाडौँ: नेपालमा थप १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ ।
काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । होम आइसोलेसनमा ७ हजार ९७६ र संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ ।
अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार १२९ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा १ हजार ४ सय ४७ जना जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।







