चितवनमा थप एक जना कोराना संक्रमित महिलाको मृत्यु

काठमाडौँ : चितवनामा थप एक जना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं.१० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको जनाएको छ । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।

उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा। लम्सालले जानकारी दिए । चितवनमा कोरोना संक्रमितको भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्लाका मात्रै १७ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार