विश्वभर ३ करोड बढी मानिसलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ  :   विश्वभर ३ करोडभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८३९ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार २२० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ४५ हजार ५१ पुगेको छ । एकै दिन २ लाख ६१ हजार ७०७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १७ लाख ९७ हजार ९१८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४ हजार २३५ जनाको मृत्यु भएको छ । ४२ लाख १८ हजार ९६२ जना संक्रमित भएकोमा २२ लाख ८२ हजार ३१ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार