काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ ।
आजसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
कोरोना भाइरस कोभिड-१९ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ