काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन्।यससंगै कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।
२४ घण्टा ८ सय ७९ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ। काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।