काठमाडौं : सरकारले पीसीआर परीक्षणको शुल्क घटेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो ।
यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । यसअघि सुरुमा पिसिआर पीक्षण्को शुल्क ५५०० रुपैयाँ तोकिएको थियो । त्यसपछि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने बताइएको थियो ।







