देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ , कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं : आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । प्रदेश नम्बर १ मा ३ सय १५, प्रदेश नम्बर २ मा ८ सय १२, बागमती प्रदेशमा ४ हजार १३ र गण्डकी प्रदेशमा ७ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय १७, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७० गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना संक्रमित उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७६, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३५, बागमती प्रदेशमा ३ हजार ७ सय ५० र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३७ जना गरी देशभरी ७ हजार ३ सय ३७ जना रहेका छन ।

यस्तै आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत रहेका छन । आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ४ सय ४१, प्रदेश नम्बर २ मा १० हजार ८ सय ३१, बागमती प्रदेशमा ७ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा २ हजार २ य १८ जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ४ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ७१ जना गरी देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । आज क्वारेन्टिनमा ६ हजार ५ सय ३६ जना छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार