काठमाडौँ : नेपालमा बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२,४६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा ६ हजार ४३८ र संस्थागत आइसोलेसनमा ८ हजार १० रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १४ हजार ४४८ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा १८ सय १८ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको । पीसीआर विधिबाट ११ हजार १४४ जनाको कोरोना परीक्षण भएको छ ।
आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१७ जना रहेको छ । बिहीबार अहिलेसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ५ हजार ८ सय ६ जना रहेका छन् ।