काठमाडौं: पछिल्लो २४ घण्टामा ९ सय २ जनामा संक्रमित थपएिको छ । आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ सक्रमित थपिएको मत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । आज २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ ।







