काग्रेस महामन्त्री कोइरलालाई कोरोना संक्रमण

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई ज्वरो आएपछि सोमबार साँझ ह्याम्स अस्पतालमा स्वाब परीक्षणको लागि दिइएको थियो ।

आज बिहान ११ बजे आएको रिपोर्ट पोजेटिभ भएपछि पुनः बिहान स्वाब परीक्षण गरिएको थियो । केहीबेर अघि आएको रिपोर्टमा पनि उनको नतिजा पोजेटिभ देखिएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । अहिले परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ । उनीहरूको रिपोर्ट आएको छैन ।

पछिल्लो समय विनोद चौधरीसँग पटक(पटक छलफलमा रहेका कोइरालामा कोरोनाको स्रोत त्यही भएको बताइएको छ । चौधरी कोरोनामुक्त भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार