एजेन्सी: विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये आठ लाख ९६ हजार भन्दा धेरैको मृत्यु भएको छ भने निको हुनेको संख्या १ करोड ९५ लाख नाघेको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख नजिक छ ।
संक्रमितमध्ये ७२ हजारभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार संक्रमित थपिँदा एक हजार एक सय २९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ६४ लाख नाघेको छ भने १ लाख ९३ हजार भन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलमा भने पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा १० हजार मात्र संक्रमित थपिएका छन् ।







