वीरगञ्जमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु

काठमाडौँ   – वीरगञ्जमा हेल्थकेयर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुष रहेका छन् ।  उनको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए । ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार