आजबाट बैंकका सबै शाखा खुल्ने

काठमाडौँ  – आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेकाले बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । अहिले बैंकहरूले थोरै शाखा कार्यालयहरु मात्रै खोलेर सेवा दिइरहेका छन् । शाखा कार्यालय तथा काउन्टरहरु खोलेपछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनुपर्ने राष्ट्रबैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार