थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको सं‌ख्या ४७ हजार २३६ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो ।

आज देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आजसम्म देशभरी संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । आज पीसीआर विधिबाट ९ हजार २ सय १८ परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार