विराटनगरमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौँ : कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे विराटनगर महानगरपालिका –१० का ७६ वर्षीय वृद्ध मृत्यु भएको हो ।

११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार