काठमाडौं : देशभरी आज ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन । १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएकोमा महिला २ सय ९० र ६ सय ९० जना पुरुषमा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण देखिएको छ ।
आजसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ नमुना परीक्षण भएकोमा ४६ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।