काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घन्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन्। काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ। काठमाडौंमा ५ हजार २ सय ६५ ललितपुरका ७७२ र भक्तपुरमा ५५६ संक्रमित पुगेका छन्।







