थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

 

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको छ। पछिल्लो २४ घन्टामा आठ वटा जिल्लाका ६ महिला र ६ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।

काठमाडौं र चितवनमा मात्र ३–३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।

ललितपुरमा ७०, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बारामा ९७, भक्तपुरमा ४० र धादिङमा ४७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार