आज सुनको मूल्य तोलामा १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ   –  बुधबार सुनको मूल्य एकैदिन १२ सयले घटेर ९७ हजार २ सय प्रतितोलामा कायम भएको छ । मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ । जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार