काठमाडौँ : कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।







