काठमाडौं : संक्रमितको संख्या दिनानु दिन बढ्दै जानु र दैनिक मृतकको संख्यामा बृद्दी हुनुले आम जनमानसमा चिन्ताको विषय बनेको छ । अहिले सम्म भ्याक्सिनको प्रयोग नभइसकेको अवस्थामा कोभिड-१९ बाट बच्ने एउटा मात्र उपाय आफु संक्रमणबाट टाढा रहनु नै हो । त्येसको एउटा मात्र उपाए सामाजिक घुलमिल कम गर्नु र मास्क, सेनिटाइजर लगायतको सहि प्रयोग गर्नु नै हो ।
कोरोना संक्रमण व्यापक भएसँगै मानिसका मुखमा अचेल मास्क देख्न सकिन्छ । संक्रमण विश्वव्यापी बनेको धेरै भइसके पनि मास्कबारे पर्याप्त जनचेतना पाइँदैन । मास्कको सही प्रयोग नहुँदा संक्रमण फैलिने खतरा रहेको चिकित्सकले बताएका छन ।
संक्रमणबाट जोगिन मास्क प्रयोग गर्नुपर्छ भन्ने सानादेखि ठूलासम्मलाई थाहा भए पनि कस्तो मास्क लगाउने, कसरी लगाउने भन्नेमा सर्वसाधारण सचेत रहेको पाइँदैन । विशेषगरी एन नाइन्टी फाइभ र सर्जिकल मास्क सुरक्षित हुने प्रचार चलिरहेको पाइन्छ । कतिपयले यस प्रकारका मास्क पनि धोएर प्रयोग गर्ने गरेको पाइन्छ । तर चिकित्सक भने यो अत्यन्तै हानिकारक रहेको बताइरहेका छन ।







