नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो , देशभर १०६९ जना संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । हालसम्म २२ हजार १७८ उपचारपछि निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार