प्रदेश एकका सामाजिक बिकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

  नेपाल न्युज साइट

बिराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।शनिबार साझदेखि घिमिरे निवासमै रहनुभएको छ । मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार