काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
मन्त्रालयका अनुसार नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सात जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, धनुषा, पर्सा, महोत्तरी, रौतहट सर्लाही, बारा, काठमाडौँ र ललितपुरमा ५०० भन्दा बढी संक्रमित रहेका छन् ।







