थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ – पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ ।  ८ जिल्लाका ५ पुरुष र ३ महिला गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।

काठमाडौँका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताउनु भयो  ।

यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार