थप कोरोना संक्रमणकाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप कोरोना संक्रमणकाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र दुई महिलाको मृत्यु भएको हो ।
महोत्तरीका तीन, कैलाली र बाराका दुई–दुई जना पुरुषको ज्यान गएको हो । यस्तै बाँके र काठमाडौँका एक–एक पुरुष तथा मोरङ र भक्तपुरका एक–एक महिलाको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार