काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज (बुधवार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३१० मा कारोवार भइरहेको छ ।
आज पनि सुनको मूल्य घट्यो , तोलामा कति पुग्यो ?
