थप ७४३ जना कोरोना संक्रमित ,१७५ जना कोरोना संक्रमण निको,उपत्यकामा २२४ जना संक्रमण

काठमाडौं : नेपालमा थप ७४३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई फर्किएका छन । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १३ हजार सातसय १५ संक्रमित आइसोलेसनमा उपचाररत छन् । आईसीयूमा एक सय ३८ र भेन्टिलेटरमा १५ जना रहेका छन् । मोरङ, पर्सा, महोत्तरी, रौतहट, बारा, सर्लाही र काठमाडौँमा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मुस्ताङ र हुम्ला संक्रमितमुक्त जिल्ला भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार