उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

हाल सम्म काठमाडौं उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार ६ सय ९८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७०७ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार