राष्ट्रिय सम्मानका साथ यसरी गरियो राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं : राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्याघाटमा  अन्त्येष्टि गरिएको छ ।  घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ पाँच बजेर ५५ मिनेटमा निवासमै निधन भएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

स्वर्गीय राष्ट्रकवि घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायतका व्यक्तिहरु  बुधबार बिहान उनको निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। राष्ट्रकविको शताब्दी लामो यात्रा अन्त्य भएको छ । विगत १५ दिन यता छातीमा समस्या देखिनु बाहेक राष्ट्रकवि घिमिरेलाई खासै ठूलो रोगले छोएको सुनिएनन् । अर्थात उहाँ पुरै आफ्नो जीवन निरोगी भएर बाच्नुभयो । मरण पनि क्या शानदार । सुटुक्क बिदा हुनुभयो । तर उहाँले बाँचुन्जेल पुराएको योगदान भने अतुलनीय र अविश्मरणीय रहेको छ । उहाँले नेपाल राष्ट्र र नेपालीका लागि छाडेर गएका कृतिहरु जुगौं जुग बाँचिरहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार