राष्ट्रकवि माधवप्रसाद घिमिरेका आज अन्त्येष्टि गरिँदै

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । अहिले केहीबेरमा काठमाडौँको लैनचौर कपुरधारास्थित घिमिरे निवासबाट पशुपति आर्यघाटसम्म शवयात्र हुँदैछ ।

राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीले सलामी दिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ पाँच बजेर ५५ मिनेटमा निवासमै निधन भएको हो । बुहारी विजेता घिमिरेका अनुसार श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि उहाँलाई चार महिनादेखि घरमै अक्सिजन दिएर राखिएको थियो ।

विक्रम संवत् १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मेका राष्ट्रकवि घिमिरेको नेपाली साहित्यमा महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सर्वाधिक लोकप्रिय मानिनुहुन्छ । घिमिरेका गौरी, मालती मंगले, राजेश्वरी, हिमालपारि –हिमालवारि, अश्वत्थामा, शाकुन्तला जस्ता कृति सर्वाधिक लोकप्रिय मानिन्छन् । उहाँ बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख ९प्रबन्धजस्ता अनेकौं विधा० उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार