काठमाडौं उपत्यकामा १ सय ६८ कोरोना संंक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा  आज थप  १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार