कोरोना संक्रमित संगै मृतकको संख्या बढिरहँदा, अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव

काठमाडौं : कोरोना संक्रमित संगै मृतकको संख्या बढिरहँदा भेन्टिलेटर र आइसीयू बेडको अभाव हुदै गएको छ । सरकारी तथ्यांकले भने अहिलेकै अवस्थामा भेन्टिलेटरको संख्या कम नभएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या २५ हजार पाँच सय ५१ पुगेको छ ।

मृतकको संख्या ९९ पुगेको छ । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहँदा कतै भेन्टिलेटर र आईसीयू बेड अभाव हुने त होइन भन्ने चिन्ता बढेकोे छ । सरकारी तथ्यांकले भने अहिले नै भेन्टिलेटर र आइसीयू बेड अभाव नहुने देखाउँछ । मन्त्रालयले दिएको जानकारी अनुसार अहिले देशभर नौ सय ४२ आईसीयू बेड र भेन्टिलेटरको संख्या चार सय ९६ रहेको छ । तीमध्ये अहिलेसम्म तीनवटा भेन्टिलेटर मात्र प्रयोगमा रहेको छ ।

मन्त्रालयका अनुसार अहिले जनमानसमा भेन्टिलेटरमा राख्दैमा कोरोना संक्रमितको उपचार हुने जस्तो सन्देश गएको छ । प्रवक्ता डाक्टर जागेश्वर गौतमले अन्य बिरामीका लागि आवश्यक भए पनि कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर अनिवार्य नभएको बताउँनु भएको छ  । कोरोना संक्रमितको उपचारमा आइसोलेसन महत्त्वपूर्ण रहेको बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार