प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ  : प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रेष्ठको अहिले स्वास्थ्य अवस्था सामान्य छ । आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताइन् । प्रदेश १ मा  १ हजार ५ सय ६३ कोरोना संक्रमित छन् । संक्रमणमध्ये एक हजार १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार