नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ जना रहेको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप ३८० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा ६ हजार ५ सय ४४ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ४० जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।

पीसीआर विधिबाट आइतबार ८ हजार ५ सय १५ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार