कुवेतबाट फर्किएकी अर्की २२ वर्षकी महिलामा कोरोना

काठमाडौँ  :  कुवेतबाट फर्किएकी अर्की महिलामा पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी २२ वर्षकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चितवनकी भएको बताइएको छ ।

उनी जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक हुन् । आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । त्यस्तै आज मात्रै नेपालमा ६७१ जनामा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार